एजेन्सी । भारतको उत्तर प्रदेशको सम्भलमा हिन्दू देवताहरूको तस्बिर भएको पत्रिकामा कुखुराको मासु बेचेको भन्दै प्रहरीले एक जनालाई प्रकाउ गरेको छ ।
तालिब हुसैन नामका एक व्यक्तिले आफ्नो पसलमा हिन्दू देवी-देवताको तस्बिरसहित अखबारमा बेरिएको कुखुरा बिक्री गरिरहेको उजुरी गरेका थिए।
प्रहरी टोली पसलमा पुगेपछि तालिब हुसैनले उनीहरूमाथि छुरी प्रहार गरेका थिए।
तालिब हुसैनलाई आईपीसीको धारा १५३-ए, २९५-ए र ३०७ अन्तर्गत मुद्दा लगाइएको छ। यस विषयमा अनुसन्धान भइरहेको सम्भल प्रहरीले जनाएको छ।
Leave a Reply