Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनमा आक्रमण जारी राख्न रुसी राष्ट्रपति पुटिनको आदेश

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण जारी राख्न रक्षामन्त्री सर्गेई शोइगुलाई आदेश दिएका छन् ।

रुसले युक्रेनको लिसेचान्स्क सहर कब्जा गरे लगत्तै पुटिनले आक्रमणलाई निरन्तरता दिन आदेश दिएका हुन् ।

तर युक्रेनले रुसी सैनिकलाई पश्चिमतर्फ थप अघि बढ्न नदिनका लागि आफ्नो फौजलाई सुदृढ पारिरहेको दाबी गरे ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले लिसेचान्स्कलाई फिर्ता लिने वाचा गरका छन् ।

आफ्नो गुमेको भू–भाग जसरी पनि फिर्ता लिने दाबी गरे । रुसले अहिले छिमेकी डोनेट्स्क क्षेत्रका सहरमा आक्रमण तीव्र पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077