Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतको हिमाञ्चल प्रदेशमा बस दुर्घटना, १२ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा बस खोल्सामा खस्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

हिमाञ्चल प्रदेशको कुल्लु जिल्लाको साँज उपत्यकामा सोमबार उक्त दुर्घटना भएको हो । उक्त बसमा करिब २० जना सवार रहेको बताइएको छ।

केही घाइतेको अवस्था गम्भीर भएकाले मृतकको संख्या अझ बढ्न सक्ने कुल्लुका डेपुटी कमिस्नर आशुतोष गर्गले बताए ।

बसभित्र थप घाइतेहरू फेला पर्न सक्ने आशामा उद्धार कार्य जारी राखिएको पनि बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077