Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसले कब्जामा लियो युक्रेनको लुहांस्क, पछि हट्यो युक्रेनी सेना

एजेन्सी । भिषण संघर्षपछि रुसले युक्रेनको लिसिचांस्क शहर नियन्त्रणमा लिएको छ । युक्रेनको पूर्वी शहर लिसिचांस्कमा रुसले नियन्त्रण कायम गरेको हो । योसँगै पूरै लुहांस्क क्षेत्र नियन्त्रणमा लिन रुस सफल भएको छ ।

लिसिचांस्क शहर रुसी सेनाको नियन्त्रणमा रहेको युक्रेनको सेनाले पनि पुष्टि गरेको छ । लिसिचांस्कका लागि भिषण युद्धपछि युक्रेनका रक्षा बल पछि हट्न बाध्य भएको युक्रेनी सेनाका जनरल स्टाफले जानकारी दिए ।

रुससँग अत्याधुनिक गोलाबारुद, विमान, मानव संसाधन र अन्य बल थियो, युक्रेनी सेनालाई ज्यान जोगाउनका लागि पछि हट्न भनिएको उनले भने ।

यसअघि रुसका रक्षामन्त्री सर्गेइ शोइगुले पनि लिसिचांस्क शहर कब्जा गरेको बताएका थिए । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले भने अहिले पछि हटे पनि युक्रेनी सेना लिसिचांस्क शहरमा फर्किने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077