Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

श्रम मन्त्री कुँवर र भारतीय राजदूतबीच भेटवार्ता, भारतमा काम गर्ने नेपालीको सुरक्षाबारे छलफल

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार श्रम मन्त्रालयमा भेटवार्ता भएको हो ।

भेटका क्रममा भारतमा काम गर्ने नेपालीको सुरक्षाको विषयमा छलफल भएको बताइएको छ । मन्त्री कुँवरले भारतमा काम गर्ने नेपालीका समस्या र उनीहरूको सुरक्षाका लागि सहकार्य गर्नु पर्ने बताए ।

भारतीय राजदूत श्रीवास्तवले नेपाललाई भारतले विभिन्न क्षेत्रबाट वर्षौँदेखि सहयोग गर्दै आएको बताए । यस्तै भारतमा रहेका नेपाली श्रमिकको सुरक्षाका लागि भारतीय सरकारले केही योजना बनाएर काम गरिरहेको उनले जानकारी गराए ।

नेपालका लागि नवनियुक्त भारतीय राजदूत श्रीवास्तवले भेटघाटलाई तीव्रता पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077