Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्थमन्त्री शर्माले ठूलै आर्थिक चलखेल गरेको ज्ञवालीको आरोप

काठमाडौं । बजेट बनाउने बेलाको सीसीटीभी फुटेज डिलिट गरेर अर्थ मन्त्री जनार्दन शर्माले ठूलै आर्थिक चलखेल गरेको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आरोप लगाएका छन् ।

बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश गराएको सरकारले त्यसको सीसीटीभी फुटेज डिलिट गराएर अर्को जघन्य अपराध गरेको उपमहासचिव ज्ञवालीको दाबी छ ।

आज सोमवार संसद् भवन परिसरमा पत्रकारहरूसँग उनले यो घटनाको सीसीटीभी फुटेज डिलिट भएको भनेर अर्थ मन्त्रालयले त्यसमा गम्भीर घोटाला भएको आफैँले पुष्टि गरेको जिकिरसमेत गरे ।

उपमहासचिव ज्ञवालीले यो घटना अक्षम्य अपराध भएको उल्लेख गर्दै त्यसमा संलग्न अर्थ मन्त्री शर्मासहितलाई तत्काल छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने आफ्नो पार्टीको अडान रहेको पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077