Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसले उत्तरी ध्रुवमा पत्ता लगायो विशाल तेल भण्डार

एजेन्सी । रुसको प्रमुख ऊर्जा कम्पनी रोजनेफ्टले उत्तरी ध्रुवमा रहेको पेचोरा सागरमा विशाल तेल खानी पत्ता लागेको घोषणा गरेको छ ।

त्यहाँ लगभग ८ करोड २० लाख टन तेल रहेको अनुमान छ ।

त्यहाँको तेल हलुका, कम सल्फर भएको र कम बाक्लो छ । रोजनेफ्टले उत्तरी ध्रुवका कुल २८ वटा क्षेत्रमा तेल उत्खननको अनुमति पाएको छ ।

तीमध्ये आठवटा क्षेत्र पेचोरा सागरमा छन् । विशाल तेल भण्डार भेटेसँगै रुस ऊर्जामा थप आत्मनिर्भर बनेको छ । पश्चिमले लगाएको प्रतिबन्धको खासै असर उसलाई परेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077