Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

साढे तीन किलो अफिमसहित दुई जना पक्राउ

नेपालगञ्ज । सुर्खेतबाट प्रहरीले तीन किलो ८ सय ग्राम लागुऔषध अफिम सहित २ जनालाई प्रकाउ गरेको छ ।

सुर्खेतको बैजनाथ गाउँपालिका वडा नं-१ चिसापानीस्थित नेपाली सेनाको चेकप्वाइन्टमा जाँच गर्ने क्रममा सुर्खेतबाट आउँदै गरेका जाजरकोटको नलगाड नगरपालिका-३ का २५ वर्षीय गोपाल रोकायले बोकेको झोलामा अफिम भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

पक्राउपछि रोकायले दिएको बयानका आधारमा प्रहरीले कोहलपुरबाट नगलगाड नगरपालिका-३ कै २५ वर्षीय लेखराज बिष्टलाई पक्राउ गरेको हो ।

उनीहरुलाई लागु औषध नियन्त्रण ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077