Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्थिरताका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री लागू गरौं : थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान राजनीतिक व्यवस्थामा देखिएका विकृत कम गर्न जनताबाट निर्वाचित प्रणाली कायम गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

ट्विटरमा एक ट्विट सार्वजनिक गर्दै उनले स्थिरता र बलियो सरकार भए मात्र देशको विकास हुने भन्दै त्यसका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री नै आवश्यक रहेको उल्लेख गरेका छन् ।

स्थिरता र बलियो सरकारको चाहना बमोजिम नागरिकले तत्कालीन नेकपालाई झण्डै दुई तिहाइ मत दिए पनि सरकार तीन वर्ष टिक्न नसकेको उनको भनाइ छ।

यस्ता विकृति अन्त्य गर्न जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली कायम गर्न उनले प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077