Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगरमा शिक्षाको बजेट तीन गुणा बढी

काठमाडौं । शिक्षाको लागि काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा ७० करोड रुपैयाँ भन्दा धेरै बजेट बिनियोजन गरेको छ ।

यो चालु आर्थिक वर्षको बजेटभन्दा तीन गुणा बढी हो ।

काठमाडौं महानगरपालिकाले यो वर्ष महानगरभित्रका सार्वजनिक शिक्षा सुधारका विभिन्न कार्यक्रमहरु ल्याएको छ ।

शौचालय स्तरोन्नति, सबै माध्यमिक विद्यालयमा ९–१२ कक्षामा हप्ताको एक दिन सीपमूलक शिक्षा दिने, नमुनाको रुपमा विद्यालयमा विद्यार्थीको लकर बनाउने लगायतका नयाँ कार्यक्रमको लागि बजेट विनियोजन भएको महानगर शिक्षा शाखाले जनाएको छ । सञ्चालन भइरहेका कार्यक्रमहरुमा पनि बजेट बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077