काठमाडौं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाँणसंग शिष्टाचार भेटघाट गरेका छन् ।
गृहमन्त्रालयमा आज बिहान भएको भेटमा दुई देशबीच आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउने बारे कुराकानी भएको मन्त्रालयले जनाएको छ ।
मन्त्री खाणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुरुप कृषि रासायनिक मल छिटो उपलब्ध गराउनका लागि सहजीकरणका लागि आग्रहसमेत गरे ।
भर्खरै जिम्मेवारी सम्हालेका राजदूत श्रीवास्तव केही दिनदेखि राजनीतिक तथा उच्च अधिकारीसँगको भेटघाटमा व्यस्त छन् ।
Leave a Reply