Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

हतियारसहित ३ जना भारतीय नागरिक प्रहरी नियन्त्रणमा

रुपन्देही । हतियारसहित ३ जना भारतीय नागरिकलाई रुपन्देहीबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला बस्ने मेदी हुसेन, अकबर खान र आसिक अलिलाई जिल्ला प्रहरी कार्यालयका रुपन्देहीको टोलीले प्रकाउ गरेको हो ।

प्रकाउ परेका तीनै जनाको साथबाट एउटा कटुवा पेस्तोल, केएफ ९एम एम लेखिएको २ राउन्ड गोली र चक्कु १ थान फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरु सवार रुपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकल लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ बसपार्क नजिक अनियन्त्रित भई दुर्घटना थियो । प्रहरीले चेकजाँच गर्दा उक्त हतियार फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077