Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • अप्पर सोलु हाइड्रोको आईपीओ खुला, कति दिने आवेदन ?

    अप्पर सोलु हाइड्रोको आईपीओ खुला, कति दिने आवेदन ?

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले सोमबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

    कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।



    निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ। लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्नेछन्।



    लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

    निष्काशन बन्द छिटोमा असार २३ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद साउन २ गतेसम्म लम्बिनेछ । यसका साथै मेरो सेयरको वेब तथा एपमार्फत् पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार