Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अजरबैजानको भ्रमण सकेर सभामुख सापकोटा नेतृत्वको संसदीय प्रतिनिधिमण्डल स्वदेश फिर्ता

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधिमण्डल आइतबार साँझ स्वदेश फर्केको छ ।

अजरबैजानको राजधानी बाकुमा हालै सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर उक्त प्रतिनिधिमण्डल स्वदेश फिर्ता भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग भ्रमणका सम्बन्धमा जानकारी दिने क्रममा सभामुख सापकोटाले सम्मेलनमा सहभागी राष्ट्रका प्रतिनिधिबीच अनुभव आदानप्रदान भएको बताए ।

असंलग्नताको सिद्धान्तले मात्रै वर्तमान विश्वका समस्या हल गर्न सक्ने विषयमा असंलग्न राष्ट्रहरुका बीचमा समान धारणा बनेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077