Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्बोच्चमा वरिष्ठ अधिवक्ताहरुको जिकिर : एआईजी पोखरेल आईजीपी बन्न लायक नै छैनन

काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रमुख (आईजीपी)मा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने गरेको निर्णयविरुद्ध एआईजी विश्वराज पोखरेलले हालेको रिटमा आइतबार पनि बहस जारी छ ।

आजको बहसमा  विश्वराज पोखरेल आईजीपीका लागि उपयुक्त नरहेको तर्क वरिष्ठ अधिवक्ताहरुले पेस गरेका छन् ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा भएको बहसमा वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले आईजीपी नियुक्त गर्ने अधिकार सरकारलाई रहेको हुँदा एआईजीमा वरिष्ठ हुँदैमा कोही पनि आईजीपी हुन्छ भन्ने ग्यारेन्टी नहुने तर्क गरे ।

एआईजीमाथि न्यूनतम सेवा अवधि लागू नहुने तर्क गर्दै आचार्यले एआईजीमा जो सिनियर भयो त्यो आईजी हुन्छ भन्ने ग्यारेन्टी नहुने दाबी गरे ।

आचार्यले ‘ज्येष्ठता’ भन्ने प्रावधान अगाडि हुँदैमा बढी महत्वको भन्ने नहुने समेत तर्क गरेका छन् ।

बहसमा  अर्का वरिष्ठ अधिवक्ता सुशील पन्तले एआईजी विश्वराज पोखरेल आईजीपी हुन लायकको नरहेको दाबी गरे ।

विश्वराज पोखरेल आफैँले चुनावअघि कसैलाई पनि विदा नदिने भनेर सर्कुलर गरे पनि १९ गतेदेखि आफैँ घरविदामा बसेर गैरजिम्मेवार र व्यक्तिकेन्द्रित काम गरेको वरिष्ठ अधिवक्ता सुशील पन्तले दावी गरे ।

पन्तले सर्वोच्च अदालतले अहिलेको निर्णय बदर गरे पनि पोखरेल आईजीपी हुन नसक्ने जिकिर गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077