Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लागुऔषधसहित तीन जना पक्राउ

कैलाली । कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।

जिल्लाको लम्कीचुहा नगरपालिका ५ चौरीस्थित पानी ट्याङ्की नजिक सडकबाट टिकापुर नगरपालिका-२ बस्ने एक किशोरसहित तीन जना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार तीनै जनालाई १ ग्राम १ सय ७० मिलिग्राम अवैध खैरो हेरोईन जस्तो देखिने डल्लो पदार्थसहित शनिबार साँझ पक्राउ गरेको जनाएको छ।

ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले लु८३ प २९८३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट उक्त पदार्थ फेला पारेर पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077