Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण अपेक्षित : परराष्ट्र मन्त्रालय

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको बताइन् ।

उनले प्रधानमन्त्री देउवाको भ्रमण अपेक्षित रहेको उल्लेख गर्दै सबै कुरा तयारी पुगेपछि मितिको घोषणा हुने बताइन् । प्रवक्ता लम्सालले परराष्ट्रमन्त्री डा। नारायण खड्काको चीन भ्रमण पनि उपयुक्त समयमा हुने बताइन् ।

प्रवक्ता लम्सालले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अस्विकार गर्ने नेपाल सरकार मन्त्रीपरिषदको निर्णयबारे अमेरिकालाई पत्र पठाउने काम भइनसकेको समेत स्पष्ट पारिन् ।

सो प्रोग्रामबारे नेपाल सरकार मन्त्रिपरिषदले गरेको निर्णय मन्त्रालयमा आएको तर अध्ययन भइरहेकाले पत्र भने गइनसकेको उनको स्पष्टिकरण थियो । प्रवक्ता लम्सालले अध्ययन भइसकेपछि मन्त्रिपरिषदको निर्णय कार्यान्वयन हुने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077