Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

परराष्ट्र मन्त्रालयले भन्यो-एसपीपीमा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउन बाँकी छ

काठमाडौं । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एसपीपीमा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउन बाँकी नै रहेको बताएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले सरकारको निर्णयमाथि अध्ययन भइरहेको बताए ।

सरकारले एसपीपीमा सहभागी नहुने भनी गरेको निर्णय अमेरिकालाई पठाउन परराष्ट्र मन्त्रालयमा पठाएको छ ।

उनले भने, ‘पहिले हामीबाट पत्राचार भएको होइन । यसबारेमा अध्ययन भइरहेको छ । पठाउने भन्नेबित्तिकै हुँदैन । पहिले के(के भएको थियो भन्ने विषयमा पनि बुझ्नुपर्ने हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077