Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसको बेलगार्ड विस्फोटमा परी तीन जनाको मृत्यु

एजेन्सी । पश्चिमी रुसको बेलगार्डमा भएको विस्फोटमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ । यो जानकारी स्थानीय गभर्नर व्याचेस्लाव ग्लाडकोभले दिएका छन् ।

विस्फोटका कारण धेरै आवासीय भवनमा पनि क्षति पुगेको उनले बताए । यद्यपि यो दाबीलाई कुनै पनि स्वतन्त्र स्रोतले पुष्टि गरेको छैन ।

रुसले युक्रेनमा आक्रमण गरेपछि बेलगार्ड क्षेत्रमा धेरै हमला भएका छन् । यसैबीच युक्रेनको पूर्वी सहर लेस्चान्स्कमा द्वन्द्व जारी छ । लुहान्स्क क्षेत्रमा यो एक्लो शहर हो जहाँ हालसम्म युक्रेनको नियन्त्रण छ ।

युक्रेनको रक्षा मन्त्रालयका एक अधिकारीले सहरको अवस्था निकै कठिन रहेको तर अहिलेसम्म यो सहर पूर्ण रुसको कब्जामा नआएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077