Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डुब्लिकेट सिमकार्ड निकालेर ठगी, एक जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुर १७ का ४१ वर्षीय गोपी बजगाईँ रहेका छन् ।

उनले रोजगारका लागी पोर्चुगल पठाइदिने भनी ११ लाख नगद माग गरेको र निवेदकको राहदानी, नागरिकता   लिई ति कागजातको दुरुपयोग गरि डुब्लिकेट सिमकार्ड बनाएर ठगी गर्ने गरेको निवेदनका आधारमा काठमाडौंबाट पक्राउ गरिएको हो  ।

उनले डुब्लिकेट सिमकार्ड निकालेर बैंक खाताहरुबाट पैसा समेत निकाल्ने गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

बजगाईँलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077