Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पर्यटकलाई लुटपाट गर्न खोज्ने सातजना प्रहरी नियन्त्रणमा

हुम्ला ।हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ग्रेट हिमालयन ट्रेलको यात्राका क्रममा रहेका जर्मन नागरिक ३८ वर्षीय मेटियर्स इक्माले आफूमाथि लुटपाट गरेको उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय हुम्लाको टोलीले उनीहरुगरेको हो ।

प्रकाउ पर्नेमा हिमाल सुनार, कमल थापा, छविलाल बस्नेत, माधव थापा, गणेश सुनार, खेम सुनार र विजय विष्ट रहेका छन् ।

नाम्खा गाउँपालिका–५ नारा लेकबाट हिल्सातर्फ जाँदै गरेका इक्मालाई सडकमा काम गर्ने कामदारले लुटपाट गरेका प्रहरीको भनाइ छ । हिल्सा–सिमकोट सडक निर्माणमा संलग्न कामदारले शनिबार लुटपाट गरेको इक्माले दिएको उजुरीका आधारमा सातै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077