काठमाडौं । भालुको पित्तसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्घाखाँचीको पाणिनी गाँउपालिका वडा नं २ बस्ने वर्ष ५३ को हरिओम रसाइली र रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं ३ बस्ने वर्ष ३२ को भजिन्द्र दर्जी रहेका प्रहरीले जनाएको छ ।
संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन हुन लागेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका ५ जोरपाटी, नयाँबस्ती उनीहरुलाई पक्रेको हो ।
उनीहरुको साथबाट संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने कालो रंगको वस्तु २ थान फेला परेको प्रहरीले जनाएको छ ।