Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वामदेवको जवाफी कारबाही - विज्ञप्ति निकाल्ने युवराजसहित पाँचैजना निष्कासित

काठमाडौं । राष्ट्रिय एकता अभियानबाट संयोजक वामदेव गौतमलाई नै निष्कासित गरेको भन्दै विज्ञप्ति निकाल्ने पाँचजनालाई गौतमले जवाफी कारबाही गरेका छन् ।

पार्टीको हिजो बसेको सचिवालय वैठकले सचिवालय सदस्य युवराज सफलसहित पाँचैजनालाई निष्कासन गर्ने निर्णय लिएको हो ।

पार्टीका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले अनुशासनविपरीतका क्रियाकलाप गरेकाले उनीहरूमाथि कारबाहीको निर्णय भएको बताए ।

पाण्डेका अनुसार युवराजलाई कुनै पनि अवस्थामा पार्टीमा नफर्काउने गरी निष्कासन गरिएको छ भने अन्य ४ जनालाई आत्मालोचना गरेमा पार्टीमा फर्कन सकिने विकल्प दिइएको छ । हिजो वामदेवलाई कारबाहीको विज्ञप्ति जारी गर्नेहरूले आफूहरूसँग पार्टीको बहुमत रहेको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077