Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

समाजवादीको झण्डासहित लेनिन पिक चढ्दै लालबहादुर

काठमाडौं । आरोही लालबहादुर जिरेलले किर्गिस्तानको लेनिन पिक चढ्ने भएका छन् ।

नेपालका सगरमाथा सहित साना ठूला थुप्रै हिमालको सफल आरोहण गरिससकेका जिरेलले किर्गिस्तानको लेनिन पिक चढ्न किर्गिस्तान जान लागेका हुन् ।

सगरमाथासहित नेपालका साना-ठूला हिमाल आरोहण गरिसकेका जिरेलले लेनिन पिकमा नेकपा एसको चुनाव चिन्ह कलमअंकित झण्डा फहराउने इच्छा व्यक्त गरेकाले झण्डा हस्तान्तरण गरिएको नेपालको सचिवालयले जनाएको छ ।

जिरेलले उक्त हिमालमा पार्टीको चुनाव चिन्ह कलम अंकित झण्डा फहराउने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बताए।  केन्द्रीय कार्यालयमा अध्यक्ष नेपालले आरोही जिरेललाई बिदाई गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077