काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक आइतबार बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो ।
आइतबारको सचिवालय बैठकका लागि शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले अजेण्डा तय गरेको थियो ।
बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुने बताइएको छ ।
केन्द्रीय कार्यालय सञ्चालन, सचिवालय बैठकका एजेण्डा तयार गर्ने लगायत कामका लागि महासचिवको नेतृत्वमा तीन उपमहासचिव, सात सचिव र कार्यालय सचिव गरी १२ जनाको केन्द्रीय कार्यालय रहेको छ।
Leave a Reply