Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माधव नेपाल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपालका लागि नवनियुक्त भारतीय राजदूत नविन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ ।

शनिबार साँझ कोटेश्वरस्थित नेपालको निवासमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा नेपाल-भारत सम्बन्धनका विविध पक्षमा छलफल भएको नेता नेपालले जानकारी दिए ।

उनेले फेसबुकमा लेखेका छन्-“उहाँलाई नेपालमा स्वागत गर्दै उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरियो । भेटमा नेपाल भारत–सम्बन्ध र अहिले हाम्रो समाजमा भोगिएको समस्याका विविध विषयमा कुराकानी भयो ।”

राजदूत श्रीवास्तवले भेटघाटलाई तीव्र पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077