Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओलीको टिप्स : श्रीखण्ड लगाएर १५ वर्षमा १० करोड कमाउनुस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बढी प्रतिफल दिने किसिमका वनस्पति तथा कृषि बस्तुको उत्पादनमा लाग्न जोड दिएका छन् ।

शनिवार काठमाडौँमा एमाले निकट किसान महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आधुनिक नगदे बाली प्रशोधित ढङ्गले बेच्ने, उच्च मूल्य भएका काठहरू लगाउने, त्यसको औषधीय मूल्य, उच्च मूल्य भएका अत्तर बनाउने काठ, धार्मिक मूल्य भएका बस्तुको उत्पादनबाट किसानले मनग्गे आम्दानी गर्न सक्ने बताए ।

ओलीले भने–‘हामीसँग चिराइतोदेखि लिएर थुप्रै कुराहरू छन् । खेतीमा फलफूल लगाऔँ, रुखहरू लगाऔँ, श्रीखण्ड पनि लगाऔँ, हामीले २ कठ्ठामा श्रीखण्ड लगायौँ र २ बिघामा अरू लगायौँ भने १५ वर्षपछि श्रीखण्डले १० करोड त पक्कै पनि दिन्छ । १० करोड एकमुस्ट आउँछ, हामी त्यो फाइदा लिन सक्छौँ ।'

उनले नेपालमा धेरै मूल्य पाइने वनस्पतिको खेती गर्न र त्यसबाट करोडौं रुपैयाँ आम्दानी गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077