Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओलीको प्रश्न-सरकार छोडेपछि ४९ अर्बको चामल कसरी आयात भयो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छोडेपछि कसरी ४९ अर्बको चामल आयात भएको प्रश्न भनेर गरेका छन् ।

शनिवार अखिल नेपाल किसान महासंघले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले ६० प्रतिशत भन्दा बढी जनता कृषिमा सहभागी भएको देशमा खाद्यान्नमा आत्मनिर्भर हुन नसकेको बताए ।

ओलीले हिमालदेखि तराईसम्म उब्जाउ भूमि रहे पनि जम्मा ३ करोड जनता खाद्यान्नमा आत्मनिर्भर हुन नसक्नु दुःखद रहेको बताए । उपयुक्त नीतिका साथ कृषिको आधुनिकीकरण, व्यवसायीकरण गरेर अघि बढ्न नसकेकोले यो स्थितिलाई बदल्नुपर्ने ओलीले बताए ।

संसद्‍मा प्रधानमन्त्री शेरबहादुर देउवाले मलको अभाव नहुने बताए पनि मल नल्याएर झुक्याउने काम गरेको बताए । उनले किसान महासंघका प्रतिनिधिहरूलाई कृषकहरूको उत्पादकत्व वृद्धि गर्ने कार्यमा सहयोग गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077