Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • स्वतन्त्र उम्मेदवारको गठबन्धन बनाउने प्रस्ताव,मिसन १६५ सञ्चालन गर्ने

    स्वतन्त्र उम्मेदवारको गठबन्धन बनाउने प्रस्ताव,मिसन १६५ सञ्चालन गर्ने

    अनलाइन नेपाल
  • शनिबार, १८ असार २०७९
  • 774
    SHARES

    काठमाडौं । स्वतन्त्र उम्मेदवारी अभियानले अगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको एउटा गठबन्धन (एलाइन्स) बनाउने प्रस्ताव गरेको छ ।

    अभियानका संयोजक डम्बर साहुले शनिबार एक अवधारणापत्र सार्वजनिक गर्दै आगामी पाच वर्षका लागि खुला तर संगठित दबाव समूहका रुपमा एउटा एलायन्स (गठबन्धन) मार्फत स्वतन्त्र अभियानलाई अघि बढाउने प्रस्ताव गरेका हुन् ।



    उनले एलाइन्समार्फत प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रलाई लक्षित गरी मिसन १६५ सञ्चालन गर्ने पनि प्रस्ताव गरेका छन् ।



    देशैभरी १६५ संघीय निर्वाचन क्षेत्र र ३३० पदेश निर्वाचन क्षेत्रमा उठ्ने स्वतन्त्र उम्मेदवारहरुलाई समन्वय गर्ने सहजीकरण गर्ने र उनीहरुको भूमिका हेरेर केन्द्रीय एलाइन्समार्फत सघाउने नीति लिनुपर्ने अवधारणापत्रमा उल्लेख गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार