Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • सहकारीको ४६ लाखभन्दा बढी घोटाला, काउन्टरका कर्मचारी पक्राउ

    सहकारीको ४६ लाखभन्दा बढी घोटाला, काउन्टरका कर्मचारी पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १८ असार २०७९
  • 909
    SHARES

    मोरङ । सहकारीको ४६ लाख रूपैयाँ बढी घोटाला गरेको आरोपमा सहकारीका कर्मचारीलाई प्रहरीले प्रकाउ गरेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–६ मा रहेको कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ४६ लाख ८७ हजार ९ सय ८० रूपैयाँ घोटाला भएको सहकारीले जनाएको छ ।

    घोटाला गरिएको पुष्टि भएपछि सहकारीको गोठगाउँ सेवा केन्द्रका कर्मचारी सुन्दरहरैँचा–७ का २४ वर्षीय विवेक खवासलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले पक्राउ गरेको हो ।



    सहकारीका सचिव यमप्रसाद सिग्देलको जाहेरीका आधारमा सहकारीको काउण्टरमा कार्यरत रहेका खवासलाई पक्राउ गरेर अनुसन्धानको प्रक्रिया अघि बढाइएको छ। सहकारीले सफ्टवेयरमार्फत काम गर्दै आएको थियो।



    बचतकर्ताको पैसा सफ्टवेयरमार्फत सहकारीमा जम्मा भएको देखाउने तर रकम भने नक्कली हस्ताक्षर गरेर खवास आफैंले लैजाने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घोटाला गरेकोमध्ये करीब १० लाख रूपैयाँ भने उनले सहकारीलाई फिर्ता गरिसकेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार