काठमाडौं । केन्द्रीय सदस्यको नाम टुङ्गो लगाउने विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ ।
बबरमहलस्थित पार्टी कार्यालयमा अपरान्ह १ बजे देखी बस्ने बैठकमा पार्टीका विधान, केन्द्रीय समिति, भातृ संगठन गठनलगायत समसामयीक विषयमा समेत छलफल हुने भएको हो ।
संशोधित विधानलाई पारित गर्नेलगायतका एजेन्डामा बैठकका लागि तय गरिएको लोसपाले जनाएको छ ।
तत्कालका लागि केन्द्रीय समिति सदस्यको सङ्ख्या ५ सय १ राख्ने र त्यसका लागि नाम संकलन गर्ने कार्य गरिरहेको लोसपा नेपालले सो विवरण निर्वाचन आयोगमा पेस गर्दैछ ।
Leave a Reply