Online Nepal
  • सोमबार, १५ पुष २०८१
  • प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरू निजगढ जाने भएपछि बाराको सुरक्षा व्यवस्था कडा

    प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरू निजगढ जाने भएपछि बाराको सुरक्षा व्यवस्था कडा

    अनलाइन नेपाल
  • शनिबार, १८ असार २०७९
  • 930
    SHARES

    काठमाडौं । सत्तासाझेदार दलका शीर्ष नेताहरु आज प्रस्तावित निजगढ विमानस्थल निर्माणको लागि स्थलगत अवलोकन गर्न जाने भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज बाराको निजगढ जाँदै छन् । सो स्थानमा सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई तैनाथ गरिएको छ ।



    प्रधानमन्त्री देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच शुक्रबार भएको भेटमा स्थलगत अवलोकनमा जाने कुराकानी भएको बालुवाटार थियो ।



    निजगढ विमानस्थल निर्माणका सम्पूर्ण प्रक्रिया खारेज गर्न आदेश दिएको सर्वोच्च अदालतले बिहीबार पूर्णपाठ सार्वजनिक गरेको छ ।

    त्यसमा वातावरणीय क्षति न्युन हुने गरी उपयुक्त स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकारलाई सुझाब दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार