Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेकपा एसको संसदीय दलको बैठक बस्दै, बागमतीका मुख्यमन्त्रीले राजीनामा दिनसक्ने

काठमाडौं । बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको खेल सुरु भएसँगै नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बस्दै छ ।

पार्टी अध्यक्ष माधव कुमार नेपालसमेतको उपस्थितिमा काठमाडौंमा शनिबार संसदीय दलको बैठक बस्न लागेको हो । पूर्वसहमतिअनुसार मुख्यमन्त्री एसका राजेन्द्र पाण्डेले मार्गप्रशस्त गरिदिनुपर्ने भन्दै बागमतीमा काँग्रेस र माओवादी केन्द्रले हस्ताक्षर संकलन गरिसकेका छन् ।

माओवादी र काँग्रेसले हस्ताक्षर संकलन तयारी गरेपछि दबाबमा परेका मुख्यमन्त्री पाण्डे नेतृत्व छोड्न सकारात्मक देखिएका हुन् ।

मुख्यमन्त्री पाण्डेले पद नछाड्ने बताएका छैनन् । तर उनले सत्ता गठबन्धनको निर्णयअनुसार आफू अघि बढ्ने बताएका छन् । उनले आज संसदीय दलको बैठक बोलाएर राजीनामा दिनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077