Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भारतीय राजदूत श्रीवास्तव र परराष्ट्रमन्त्री खड्काबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि नयाँ भारतीय राजदूत नवीन श्रीवास्तव र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच भेटवार्ता भएको छ ।

बिहीबार राष्ट्रपतिकहाँ ओहोदाको प्रमाणपत्र बुझाएका राजदूत श्रीवास्तवले भेटघाटलाई तीव्र पारेका हुन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेर कुराकानी गरेका थिए ।

राजदूत श्रीवास्तवले शुक्रबार परराष्ट्र मन्त्रालयमा त्यहाँका सचिव भरतराज पौडेलसँग पनि भेटवार्ता गरेका छन् ।

भेटका क्रममा उनीहरुबीच विविध द्विपक्षीय सम्बन्ध र समसामयिक विषयमा कुरा भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077