Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले बोलाए संसदीय दलको बैठक

काठमाडौं ।  बागमती प्रदेशमा सत्तारुढ घटकले नै मुख्यमन्त्री फेर्न दबाब दिएपछि सरकारको नेतृत्व गर्दै आएको नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको बैठक आह्वान गरिएको छ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा शनिबार सो पार्टीको बागमती प्रदेश संसदीय दलको बैठक काठमाडौंमा बस्ने भएको हो ।  पाण्डेले शनिबार ११ बजे बस्नेगरी दलको बैठक बोलाएको नेकपा एकीकृत समाजवादी बागमती प्रदेशले जनाएको छ ।

बागमती प्रदेशमा सत्ता गठबन्धन काँग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री परिवर्तन गर्न हस्ताक्षर संकलन गरेपछि पाण्डेले दलको बैठक बोलाएका हुन् ।

मुख्यमन्त्री पाण्डेले विगतमा आफूसहितले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेको भन्दै सत्ता हस्तान्तरणका लागि आफू तयार रहेको नेतृत्व तहलाई बताएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077