Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

श्रीमतीलाई चक्कु प्रहार गर्ने एक जना पक्राउ

सुर्खेत । श्रीमतीलाई चक्कु प्रहार गर्ने एक जना पक्राउ परेका छन्।

सुर्खेतको चिङ्गाड गाउँपालिका–१ घर भई वीरेन्द्रनगर नगरपािलका–४ भैरवस्थान बस्ने ३० वर्षीया तीलबहादुर घर्तीलाई प्रहरीले आज पक्राउ गरेको हो।

३३ वर्षीय खगिसरा घर्तीलाई चक्कु प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ। घटनालगत्तै जिल्ला प्रहरी कार्यालयबाट पुगेको टोलीले तीलबहादुरलाई नियन्त्रणमा लिएको हो।

तीलबहादुरले ससुराली आएका बेला श्रीमतीलाई चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । घर्ती टाउको, घाँटी, कुमको पछाडि दुवै हातमा चोट लागेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077