Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अर्काको नागरिकताबाट सिम निकालेर ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । अर्काको नागरिकताबाट सिम निकालेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मकवानपुर हेटौडा उपमहानगरपालिका-१७ का ४१ वर्षीय गोपी बजगाईलाई ठगी आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ।

बजगाईले फेसबुक, ह्वाट्सएपबाट वैदेशिक रोजगारको लागि पोर्चुगल पठाइदिने भन्दै एक जना व्यक्तिसँग कुराकानी गरेका थिए। पीडितको सक्कल राहदानी, नागरिकता, सम्पत्ति विवरणलगायतका कागजात लिएर पीडितकै नागरिकता लिएर त्यसैबाट सिमकार्ड निकाल्ने गरेको प्रहरीले जनाएको छ ।

सिम कार्डको प्रयोग गरी बैंक खाता समेतमा पहुँच पुर्‍याएर मोबाइल बैंकिङबाट पैसा निकालेको र त्यही सिमको प्रयोग गरेर उनले एक जनाबाट तीन लाख ८६ हजार रुपैयाँ ठगेको प्रहरीले जनाएको छ ।

बजगाईलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077