काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
सो पार्टीले शनिबारका लागि बैठक आह्वान गरेको हो । बैठकमा पार्टीका विधान, केन्द्रीय समिति, भ्रातृ सङ्गठन गठनलगायत अन्य समसामयिक विषयमा छलफल हुने पार्टीले जनाएको छ ।
भ्रातृ सङ्गठनको नाम तय भइसकेको छ । त्यसको सङ्गठन निर्माणका लागि पनि छलफल हुने बताइएको छ ।
त्यसका साथै सरकारलाई बुझाएको ज्ञापन पत्र अझै कार्यान्वयनमा नआएको सन्दर्भमा यसबारे बैठकमा छलफल हुने लोसपाले जनाएको छ ।
Leave a Reply