Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पर्यटन बोर्डका सदस्य शाह र शेर्पालाई हटाउने निर्णय तत्काल लागू नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले पर्यटन बोर्डका सदस्यद्वय कृष्ण शाह र ङावा ङिमा शेर्पालाई हटाउने निर्णय तत्काल लागू नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा आज भएको सुनुवाइसँगै शाह र शेर्पा पुनर्वहाली भएका छन् । पर्यटनमन्त्री प्रेम आलेले जाँदाजाँदै निजी क्षेत्रबाट बोर्डमा प्रतिनिधित्व गरेका यी दुईजना सदस्यलाई हटाएका थिए ।

आफूहरूलाई हटाउने निर्णयविरुद्ध शाह र शेर्पा अदालत गएका थिए । कार्यकाल बाँकी छँदै हटाउने निर्णय कानूनविपरीत भएको जिकिरसहित उनीहरू अदालत गएका थिए । सर्वोच्चले उनीहरूको बर्खास्ती सम्बन्धमा कारण देखाउ आदेशसमेत जारी गरेको छ ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मी हटाउन असहयोग गरेको भन्दै मन्त्री प्रेम आलेले उनीहरू दुई जनालाई हटाएर नयाँ सदस्य नियुक्तिको प्रक्रिया अघि बढाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077