Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२३ अर्ब तिर्न नसके भारतले तेल दिन्न भनिरहेको छ : राज्यमन्त्री श्रेष्ठ

काठमाडौं । प्रधानमन्त्री कार्यालयका विना विभागीय राज्यमन्त्री उमेश श्रेष्ठले भारतले तेल खरिदबापतको बक्यौता नतिरे तेल आयात रोक्ने चतावनी दिएको बताएका छन् ।

शुक्रबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले आफूलाई यस्तो जानकारी दिएको बताएका हुन् ।

‘अघि भर्खर म उद्योगमन्त्री ज्यूसँग भेटेर आएँ,’ उनले भने, ‘२३ अर्ब रुपैयाँ तिर्न नसके हामी तेल दिन्नौं भनेर भारतले भनिरहेको छ ।’

तर, नेपाल आयल निगमले भने बक्यौता नतिरे तेल बिक्री रोक्ने भन्ने कुनै आपचारिक जानकारी नभएको जनाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्ययले यस्तो कुरा पहिलो पटक सुनेको बताए ।

निगमलाई अहिले कुल २३ अर्ब रुपैयाँ घाटा छ । निगमले विभिन्न स्रोतबाट रकम जुटाएर पैसा तिरिरहेको छ ।

‘तेल रोक्ने खालको कुनै पनि यस्तो जानकारी हामीलाई छैन,’ उपाध्ययले भने, ‘भारतीय पक्षबाट यस्तो जानकारी आउने भए नेपाल आयल निगमलाई कुनै न कुनै हिसाबले जानकारी हुन्थ्यो ।’

भ्याट फिर्ता, बैंकबाट लिने ऋणको प्रक्रिया अघि बढेको र नियमित बिक्रीबाट आउने रकमबाट भारतीय आयल निगमको भुक्तानी नियमित गरिरहेको प्रवक्ता उपाध्ययको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077