Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बसको ठक्करबाट घाइते भएकी बालिकाको मृत्यु

मोरङ । रंगेलीमा स्कुल बसको ठक्करबाट घाइते भएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।

रंगेली नगरपालिका–७ स्थित माउण्ट मकालु बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा गत मंगलबार घाइते भएकी सोही बोर्डिङको एलकेजीमा अध्ययनरत ६ वर्षीया सुनमकुमारी मण्डलको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी बालिकाका उपचारका लागि विराटनगरको न्युरो अस्पतालमा भर्ना गरिएको थियो ।  बसको ठक्करबाट नर्सरीमा अध्ययनरत रंगेली–७ का ४ वर्षीय रीतिक मण्डलको मंगलबार नै मृत्यु भएको थियो ।

विद्यार्थी बोकेर स्कुलबाट निस्किएको बसले ब्याक गर्ने क्रममा उनीहरुलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077