Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

न्यायालयलाई शुद्धीकरण गरेर लैजान आवश्यक छ : कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालय कामै गर्न नसक्ने अवस्थामा पुगेको भनेर हुने गरेको चर्चा गलत भएको बताएका छन् ।

नेपाल ल क्याम्पसको स्थापना दिवस समारोहमा बोल्दै कामु प्रधानन्यायाधीश कार्कीले न्यायपालिकामा देखिएका समस्याहरूको निदानका लागि सबैले पहल गरेर न्यायलयलाई शुद्धीकरण गरी अघि बढ्न सकिने अवस्थामै रहेको बताए ।

कार्कीले न्यायलय सुधारका लागि कानुनका विद्यार्थीहरूलाई नैतिकताको विषयमा पनि अध्यापन गराउनुपर्ने बताए । ‘न्यायपालिकामा समस्या छ, अब न्यायालयले कामै गर्न सक्दैन भन्ने कुरा आइरहेको छ । तर, वास्तवमा त्यस्तो होइन ।

न्यायालय कामै गर्न नसक्ने अवस्थामा पुगेको भन्ने होइन' । उनले भने । ‘न्यायपालिकामा पक्कै पनि विसंगतिहरू रहेको उनले स्वीकारे। काुननको प्राध्यापनका लागि अलग्गै विश्वविद्यालय स्थापना गर्नुपर्ने आवश्यकता रहेको कार्कीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077