Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रेलवेको भग्नावशेषमा पुरिएर भारतमा १४ जनाको मृत्यु

एजेन्सी । भारतको मणिपुरको नोनी जिल्लामा एक निर्माणाधीन रेलवे साइटको भग्नावशेषमा पुरिएर १४ व्यक्तिको मृत्यु भएको छ ।

भग्नावशेषबाट २३ जनालाई निकालिएको छ जसमा १४ जनाको मृत्यु भएको थियो। त्यसै गरी अन्यको खोजी जारी छ। कति पुरिएका छन् भन्ने यकिन भएको छैन तर हालसम्म गाउँले, सेना र रेलवे कर्मचारी, मजदुरसहित ६० जनाको मृत्यु भएको हुन सक्ने बताइएको छ ।

रातभर खोजी तथा उद्धार कार्य जारी रहेको र घटनास्थलमा सघाउन डोजर लगायतका इन्जिनियरिङ उपकरणलाई परिचालन गरिएको छ ।

जिरिबमदेखि इम्फालसम्म निर्माणाधीन रेलमार्गको सुरक्षाका लागि नोने जिल्लाको तुपुल रेलवे स्टेसन नजिक तैनाथ भारतीय सेनाको १०७ टेरिटोरियल आर्मीको कम्पनी लोकेशन नजिक बुधबार र बिहीबार राति पहिरो गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077