Online Nepal
  • बुधबार, १० पुष २०८१
  • बाँकेमा शंकास्पद वस्तुसहित एउटा भारतीय कन्टेनर प्रहरी नियन्त्रणमा

    बाँकेमा शंकास्पद वस्तुसहित एउटा भारतीय कन्टेनर प्रहरी नियन्त्रणमा

    अनलाइन नेपाल
  • शुक्रबार, १७ असार २०७९
  • 897
    SHARES

    दाङ । बाँकेमा शंकास्पद वस्तुसहित एउटा भारतीय कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालबाट भारततर्फ जान लागेको कन्टेनरमा अवैध वस्तु भएको गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय जमुनाहले कन्टेनर नियन्त्रणमा लिएको हो ।

    प्रहरीका अनुसार कन्टेनर खाली देखिए पनि अगाडिको भागमा वेल्डिङ गरेर २५० वटा बोरामा सेतो गेडा भएको वस्तु लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।



    अफिमको बीउ हो वा केकमा राखिने वस्तु हो भन्नेबारे परीक्षणपछि मात्रै भन्न सकिने प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएको कन्टेनरका चालक र सहचालक भने फरार छन् ।



    बाँके प्रहरीले कन्टेनर र त्यसमा भेटिएको २५० बोरा ह्वाइट पप्पी सीड भन्सार कार्यालय नेपालगञ्जमा पठाएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार