काठमाडौं । परराष्ट्र मन्त्री तथा नेपाली काँग्रेसका नेता नारायण खड्का र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच बिहीबार भर्चुअल कुराकानी भएको छ ।
कुराकानीका क्रममा खडकाले चीनसँग मित्रता बढाउन काँग्रेस प्रतिबद्ध रहेको बताए ।
काँग्रेसलाई भारत र पश्चिमा मुलुकहरूसँग नजिक रहेको र चीनसँग टाढा भएको अरोप लागिरहेको बेलामा मन्त्री खड्काले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभागका प्रमुख लिउ जियानचाओसामू उक्त कुरा बताएका हुन् ।
उक्त संवादमा सीपीसीका विदेश विभागका उपमन्त्री चेन झोउ पनि सहभागी थिए । मन्त्री खड्का र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच बिहीबार भर्चुअल कुराकानी भएको थियो । केही समयअघि मात्र उक्त विभाग सम्हालेका लिउले असार ९ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र असार १० मा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टा–छुट्टै भर्चुअल कुराकानी गरेका थिए ।
Leave a Reply