काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडाको स्थानीय क्लब ओन्टारियोसँग अभ्यास खेल खेल्दैछ ।
खेल राति पौने ९ बजे किङ्ग सिटी ओन्टारियोमा सुरु हुनेछ । नेपाली टोली मङ्गलवार क्यानडा गएको हो।
त्यहाँ ओन्टारियोसँगको अभ्यास खेल र दुई एक दिवसीय खेलपछि टोली स्कटल्यान्ड जानेछ । क्यानडासँग असार २० र २१ गते एक दिवसीय श्रृङ्खला हुनेछ ।
नेपालले क्यानडा र स्कटल्यान्ड भ्रमणका लागि टोलीमा दुई परिवर्तन गरेको छ । बसिर अहमद पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । स्पिन अलराउन्डर पवन सरार्फले पनि टोलीमा पुनरागमन गरेका छन् ।
Leave a Reply