Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पुटिनलाई भेटेर इन्डोनेसियाली राष्ट्रपति भने–युक्रेन युद्ध चाँडै अन्त्य होस्

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग लगातार भेटवार्ता गरेका इन्डोनेसियाली राष्ट्रपति जोको विदोदोले आफ्नो मुलुकले यो युद्ध चाँडै अन्त्य होस् भन्ने चाहेको बताएका छन् ।

पत्रकार सम्मेलनमा विदोदोले भनेका छन्,'बाह्य परिस्थिति अझै जटिल देखिए तापनि अझैपनि समस्या समाधान र खुला वार्तातर्फ अघि बढ्नु महत्वपूर्ण छ । म विश्वका सम्पूर्ण नेताहरूलाई आपसी सहयोगको भावना ब्युँताउँन आह्वान गर्छु ।'

यसैगरी सोही पत्रकार सम्मेलनमा पुटिनले भनेका छन्,'हामीबीचको वार्ता उत्पादक रह्यो । आज भएका सहमतिहरूले रुस र इन्डोनेसियाबीचको सझेदारीलाई अझै सदृढ बनाउने कुरामा म विश्वस्त छु ।'

तर, पुटिनले कुनै पनि संभावित विश्वव्यापी खाद्यान्न समस्याका लागि पश्चिम जगत्लाई दोष दिन भने चुकेनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077