Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसको निर्वाचन परिचालन समितिको निष्कर्ष - निर्वाचन जित्न कांग्रेसको एकल शक्ति अपुग

काठमाडौं । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको निर्वाचन परिचालन समितिले सिट संख्या बढाउन गठबन्धन आवश्यक भएको निष्कर्ष निकालेको छ । प्रतिवेदनअनुसार स्थानीय चुनावमा गठबन्धनले कार्यकर्ता र उम्मेदवार स्वयंलाई मानसिक रुपमा बलियो बनाएको थियो ।

यद्यपि केन्द्रमा भएको सहमतिलाई स्थानीय तहमा स्वभाविक रुपमा स्वीकार गर्न नसकेको, सहयोगको भावना नभएको, प्रमुख र उपप्रमुखमा तालमेल बन्दै गर्दा वडा तहमा सहमति नहुने जस्ता समस्याहरु देखिएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

सैद्धान्तिक मतभेद भएको पार्टीका चुनाव चिह्नमा मत दिन पार्टी कार्यकर्ता मात्र नभई शुभेच्छुकलाई समेत गाह्रो भएको र रुख चिह्नबाहेक अरुमा मतदान गराउनु घातक हुनसक्ने जनमत पनि देखिएको प्रतिवेदनमा जनाइएको छ ।

यसका बाबजुद गठबन्धन सफल भएको निर्वाचन परिचालन समितिको ठहर छ । निर्वाचन जित्न कांग्रेसको एकल शक्ति अपुग हुने स्थितिमा गठबन्धन परिणाममुखी हुने भन्दै प्रतिवेदनमा उल्लेख गरिएको छ । स्थानीय चुनावमा धेरै सिट जितेका कारण अब हुने चुनावमा गठबन्धन प्रभावकारी हुन सक्ने समेत समितिको विश्लेषण छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077