Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमालेको प्रश्न- प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्ताव अगाडि बढाउने कि नबढाउने ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अगाडि बढाउने कि नबढाउने ? भनी प्रश्न गरेको छ ।

६४ औ संसद सेवा दिवसका अवसरमा संसद भवन नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा बोल्दै एमाले संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङले महाअभियोग प्रस्तावलाई अगाडि नबढाउनु ठीक नहुने बताए ।

महाअभियोग सिफारिस समिति गठन गर्दा एमालेले समितिमा रहने सदस्यहरुको नाम नै दिन्छ कि दिँदैन भन्ने संशय सत्तारुढ दलहरुले राखेको दाबी गर्दै उनले भने, ‘अवरोधको समयमा पनि हामीले सिनियर साथीहरू पठाइदियौं । तर समितिलाई महाअभियोगमाथि अध्ययन गर्न दिइएन । यसले प्रस्ताव अगाडि बढाउन खोजेको हो कि होइन ? भन्ने प्रश्न उठेको छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077