Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • बागमती प्रदेश सरकारको ७० अर्ब भन्दा बढीको बजेट बहुमतले पारित

    बागमती प्रदेश सरकारको ७० अर्ब भन्दा बढीको बजेट बहुमतले पारित

    अनलाइन नेपाल
  • बिहिबार, १६ असार २०७९
  • 858
    SHARES

    काठमाडौं । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पारित भएको छ ।

    बागमती प्रदेशसभाको बिहीबार (आज) बसेको बैठकमा सरकारले ल्याएको ७० अर्ब रुपैयाँ भन्दा बढीको बजेट बहुमतले पारित गरिएको हो ।



    बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले गत असार १ गते बुधबार प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९र०८० को लागि कुल ७० अर्ब ९३ करोड रुपैयाँ बजेटको ल्याएको छ ।



    सरकारको आगामी आर्थिक वर्षको लागि कुल ७० अर्ब ९३ करोड रुपैयाँको बजेटमध्ये चालु तर्फ १९ अर्ब २ करोड रुपैयाँ, पुँजीगततर्फ ४१ अर्ब ५६ करोड रुपैयाँ, वित्तिय हस्तान्तरणतर्फ ८ अर्ब रुपैयाँ र वित्तिय व्यवस्थापनतर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार